हलिउड फिल्मको छायांकन जोमसोममा समापन:- राम्रो अतिथ्याको लागि जोमसोम प्राइडले धन्यवाद पायो

  • एप्पलले विश्वव्यापी वितरण सम्झौता गरेको हलिउड फिल्म ‘टासी’को छायांकन नेपालका विभिन्न भूभागमा भइरहेको छ।
  • फिल्मले सगरमाथा आरोहण र तेन्जिङ नोर्गे शेर्पाको कथा बताउनेछ, जसमा टम हिडल्स्टन र विलियम डफोई मुख्य भूमिकामा छन्।
  • छायांकनले ललितपुर, सिन्धुपाल्चोक, मुस्ताङ र बन्दीपुरजस्ता स्थानहरू समेटेको छ, र यसलाई ‘तेन्जिङ’ नामले पनि चिनिन्छ।

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले विश्वब्यापी वितरण सम्झौता गरेको हलिउड फिल्म ‘टासी’को छायांकन अहिले नेपालका विभिन्न भूभागमा भैरहेको छ ।

एक महिना लामो तालिकासहित नेपाल आएको टोलीले ललितपुरको पाटनदेखि छायांकन थालेको थियो । त्यसपछि सोलुखुम्जुङ, र सिन्धुपाल्चोकमा छायांकन भयो । एकसातादेखि संसारकै प्रसिद्ध अन्नपूर्ण पदमार्ग फेरोअन्तर्गत पर्ने मुस्ताङको लुप्रा पासमा छायांकन चलिरहेको छ ।

३,७७२ मिटर उचाइको लुप्रा पासको छायांकन सेटबाट अनलाइनखबरलाई केही तस्वीर प्राप्त भएका छन् । जहाँ पृष्ठभूमिका कलाकार पुरानो पहिरन झल्काउने पहिरनसहित डाँडामा देखिन्छन् भने छायांकारहरू दृश्य खिचिरहेका छन् ।

लुप्रा र जोमसोमलाई जोड्ने यो क्षेत्र तिब्बती बुद्ध धर्मलाई झल्काउने बोन संस्कृति प्रेरित थलो हो । यो पास पदयात्राका लागि चुनौतीपूर्ण भएपनि पर्यटकमाझ चर्चित छ ।

पाटनको छायांकन सेटबाट कलाकारको गेटअप र सेटिङसहितका केही तस्वीर सामाजिक संजालमा भाइरल थिए । छायांकन सेटमा सहभागी स्रोतका अनुसार यो फिल्मले केहीदिनमा तनहुँको प्रसिद्ध पर्यटकीय थलो बन्दीपुरमा पनि छायांकन गर्दैछ । अबको एकसाता नेपालमा छायांकन चल्नेछ ।

यतिबेला ३०० भन्दा धेरै विदेशी क्रूसहित फिल्म टोली नेपालमा छ । विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ ।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।

अभिनेता टम हिडल्स्टन हलिउडको मार्वल सिनेम्याटिक युनिभर्स (एमसीयू)मा लोकी पात्रले विश्वचर्चित छन् । एभेन्जर्स, थोर, वार हर्स, द डीप ब्लु सीजस्ता विश्वचर्चित फिल्ममा अभिनय गरेका र गोल्डेन ग्लोब अवार्ड विजेता हिडल्टस्टन नेपाली दर्शकमाझ पनि परिचित छन् ।

‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन् । यसअघि बाराक ओबामको हाइ ग्राउन्ड प्रोडक्सन र डिज्नेले फिल्म बनाउने कुरा थियो । गतवर्ष मात्रै एप्पलले विश्वब्यापी अधिकार किनेको हो ।

अन्तर्राष्ट्रिय मिडियाले यो फिल्मको नाम ‘तेन्जिङ’ लेखेपनि यसले संचार तथा सूचना प्रविधि मन्त्रालयबाट ‘टासी’ नाममा छायांकन अनुमति लिएको छ ।

यसै क्रममा होटेल जोमसोम प्राइडको आथित्यताले अत्यत्नतै खुसि भएको टाशी फिल्मिको एकाउण्टेड प्रदीप जी ले बताउनुभयो।