मुस्ताङको वर्णन गर्दै सीएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचीन कालदेखि नै ट्रेकिङ ट्रेलकाे रूपमा प्रयाेग हुँदै आएकाे मुस्ताङ हिमाल पदयात्राका लागि प्रसिद्ध छ । नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ ।’
अमेरिकी समाचारमाध्यम ‘केवल न्यूज नेटवर्क‘ (सीएनएन) र चर्चित बेलायती ट्राभल म्यागेजिन ‘काेन्डे नास्ट ट्राभलर’ले सन् २०२३ मा घुम्नै पर्ने विश्वका २३ गन्तव्यहरूकाे सूचिमा नेपालकाे मुस्ताङलाई पनि समावेश गरेका छन् ।
सीएनएनले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त वर्णन गर्दै संसारका २३ स्थानहरूमध्ये नेपालको मुस्ताङ पनि सन् २०२३ मा घुम्दै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् ।
मुस्ताङको वर्णन गर्दै सीएनएनले भनेको छ ‘हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउन प्राचीन कालदेखि नै ट्रेकिङ ट्रेलकाे रूपमा प्रयाेग हुँदै आएकाे मुस्ताङ हिमाल पदयात्राका लागि प्रसिद्ध छ । नेपालको अचम्मको मुस्ताङ उपत्यका तिब्बतको द्वारमा रहेको छ ।’
वासुदेव पौडेल/नीरज थकाली। कोरोना कहरका कारण झन्डै ६ महिनादेखि बन्द मुक्तिनाथ मन्दिर खुलेपछि चहलपहल बढ्दै गएको छ । यही असोज १० गतेदेखि मन्दिर खुला गरिएको थियो । विशेषगरी प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा यहाँस्थित कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास गरिन्छ । यस समयमा प्रत्येक वर्ष देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन् । प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको भए पनि दुई वर्षयता कोरोना कहरका कारण यहाँ पर्यटकको आवागमन प्रभावित भएको छ । सङ्क्रमणको जोखिमका कारण गत वैशाखदेखि सर्वसाधारणका लागि पूजाआजामा रोक लगाई बन्द गरिएको मन्दिर यही असोज १० गतेदेखि खुल्ला गरिएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । मन्दिर खुलेसँगै दर्शनार्थीको चहलपहल बढ्दै गएको जनाउँदै उहाँले सोह्र श्राद्धका बाँकी तिथिका साथै औँसीका दिनमा दर्शनार्थीको चाप बढ्ने जानकारी दिनुभयो ।
मुक्तिनाथमा दर्शनार्थीको चाप बढेसँगै केही वर्षयता पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्ने क्रमले गति लिएको छ ।दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेटी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्ने गर्दथे । ठाउँठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो भने अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गर्दथे । चार दशकअघिसम्म तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेँडीगोठ आदिमा बस्नु बाध्यता थियो । पछिल्ला वर्षमा भने मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सामान्यदेखि सुविधा सम्पन्न होटल उपलब्ध छन् । यहाँ रहेको रानीपौवाले आफ्नै महत्व एवम् ऐतिहासिकता बोकेको छ । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएको थियो । सुवर्णप्रभासँग मुक्तिनाथका स्वामी महाराजले दर्शनार्थीलाई तीर्थयात्राका क्रममा बास बस्न समस्या परेको अनुरोध गर्नुभएछ । सोही अनुरोधकै आधारमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गर्नुभयो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको थियो । त्यसै समयदेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो । उक्त धर्मशालाले तत्कालीन समयदेखि नै मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको थियो । रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवम् आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले बिस्तारै व्यावसायिक रुप लिँदै गएकामा यो अहिले रानीपौवा बजारका रुपमा चर्चित छ । तत्कालीन समयमा रानीपौवामा बसोबास नभएका कारण त्यहाँबाट केही तल पुराङ गाउँमा सर्वसाधारण बस्दथे । रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी बिस्तारै रानीपौवातिरै उक्ले । धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको मुक्तिनाथ गाउँका पूर्वमुखिया एवम् होटल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार झन्डै २०३२/३३ सालसम्म यो ठाउँ सामान्य लेक रहेको र यहाँ भेडाबाख्राका गोठ थिए । पछिल्ला वर्षमा विदेसिएका युवा फर्केर यहीँ होटल व्यवसाय सञ्चालन गर्न लागेका छन् ।
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल हो । हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित उक्त मन्दिर समुद्र सतहदेखि ३,७१० मीटरको उचाईमा रहेको छ हिन्दूहरूले मुक्ति क्षेत्र र बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्दछन् ।
पवित्र स्थलमा १०८ वटा ढुङ्गाले बनाएको गाइको मुखबाट निक्लीएका धाराहरु छन् । जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने विश्वाश जन्मानसमा छ । बडा दसैंं र चैत्र दसैंंमा मेला लाग्ने गर्छ । मन्दिरको ठीक अगाडि दुई वटा पोखरी (कुन्ड)छन् । एकतर्फी धर्म कुन्ड र अर्कोतर्फी पाप कुन्ड छ । यहाँ अन्य मन्दिरहरु आसपासमा रहेको छ ।
मुक्तिनाथ वैष्णव सम्प्रदायको प्रमुख मन्दिरहरू मध्ये एक हो । यो तिर्थस्थल शालिग्राम भगवानको लागि प्रसिद्ध छ । शालिग्राम पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुज्ने गरिन्छ । उक्त शिला मुख्य गरी कालिगण्डकी नदीमा पाइन्छ । मुक्तिनाथ मन्दिर रहेको ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ ।
हिन्दु धार्मिक मान्यता अनुसार मुक्तिनाथ यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति तथा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी तिर्थ गर्नका लागि जाने गर्दछन् । यो मन्दिर हिन्दु धर्मको दुर्गम तिर्थस्थलमा पर्छ । मुक्तिनाथ १०८ दिव्य देशहरूमा एक हो । दिव्य देश वैष्णवहरूको पवित्र मन्दिर हो । यस शिलाको निर्माण यस्तो प्रागैतिहासिक कालमा पाइने किराको जीवाश्मबाट भएको थियो ।
पौराणिक मान्यता अनुसार शालिग्राम शिलामा विष्णुको निवास हुन्छ । जब भगवान शिवले जालन्धर नामक असुरसँग युद्धमा जित्न सकेका थिएनन् त्यो बेला भगवान विष्णुले उनको मद्दत गरेका थिए । जबसम्म असुर जालन्धरकी पत्नी वृन्दाले आफ्नो सतीत्व बचाएर राखेकी थिइन् । तबसम्म जालन्धरलाई कसैले पनि पराजीत गर्न सक्दैनथ्यो । त्यो अवस्थामा भगवान विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतीत्वलाई नष्ट गर्ने काममा सफल भएका थिए । जब वृन्दाले थाहा पाइन् त्यो बेलासम्म भगवान शिवले जालन्धरलाई मारिसकेका थिए ।
वृन्दाले भगवान विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन् । फलस्वरूप कालान्तरमा जो हिन्दू धर्मका आराध्य हुन् ति विष्णुले भगवान शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको धार्मिक मान्यता छ । किम्वदन्ती अनुसार मुक्तिक्षेत्रमा मोक्ष प्राप्ति हुन्छ । त्यस ठाउँमा भगवान विष्णु शालिग्राम शिलामा निवास गर्दछन् । मन्दिरको बाटो भएर उत्तरीपश्चिमी क्षेत्रका महान बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचार प्रसारका लागी तिब्बत गएका थिए भन्ने जनविश्वास छ । वि.सं. २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्य लगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई हरिद्वारमा लगेर गंगाको तटमा सवालाख गाइको दूधले नुहाएर सवाकरोड बत्ती बाली पूजा गरिएको थियो । मुक्तिनाथको पूजापछी लामो समयसम्म चलेको गृहयुद्धबाट नेपालले मुक्ति पाएको थियो ।